काठमाडौँ-चीनका दोस्रो सर्वाधिक धनी व्यक्ति ज्याकमाको कम्पनी अली बाबाले आफूले बुहानसमेत चीनको सबै अस्पतालमा औषधीका लागि १ सय ४४ मिलियन डलर सहयोग दिने घोषणा गरेका छन । उनले यसको केही रकम कोरोनाभाइरसको इन्जेक्सन विकसित गर्ने संस्थालाई पनि दिने बताएका छन् ।
यस बाहेक उनले आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम, कम्प्युटिङ सिस्टम, टेली कम्युनिकेशन लगायतका अन्य क्षेत्रमा समेत सहयोग गर्ने बताएको उनको आधिकारिक सामाजिक सञ्जाललाई उल्लेख गर्दै चीनको सरकारी समाचार संस्थाले जनाएको छ ।
यसैबीच संसारभरीका धनी व्यक्ति कोरोना भाइरसबाट लड्नका लागि एकजुट भएका छन् । यी सबैले करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । यसमा सबैभन्दा धेरै ज्याक माले दिएका छन् । यति पैसामा चीनले कोरोना भाइरसबाट पीडित व्यक्तिका लागि चारवटा अस्पताल बनाउन सक्ने बताइएको छ ।
चीनबाट संसारभरी फैलिरहेको नोवेल कोरोनाभाइरसका ७ हजार ८ सय ९२ जना व्यक्ति संक्रमित छन् । यीमध्ये ७ हजार ७ सय ७१ जना त चीनमा मात्रै छन् । यो भाइरसको संक्रमणका कारण बुधबारसम्म मृतकको संख्या १ सय ७० पुगेको छ ।
टिकटक भिडियाको कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा कोरोना भाइरसका बिरामीको मद्दत, उपचार र औषधीका लागि ११५ मिलियन डलर घोषणा गरेको छ । यो राशी बुहानमा बनिरहेको हजार शय्याको बेड भएको अस्पतालका लागि निर्धारित गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस