सोल-सोमवार सरकारी अधिकारीबाट आएको एक सूचना अनुसार दक्षिण कोरियाली सरकारले कोरोना भाइरसको उद्गम स्थल चीनको हुवान क्षेत्रबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन चार्टर प्लेन त्यस तर्फ पठाउन लागेको बताएको छ ।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा यातायात मन्त्रालयका पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको अधिकारीहरुले उल्लेख गरेका छन् ।
अधिकारीहरुका अनुसार हाल हुवान प्रान्तमा करिव ५०० बाट ६०० को विचमा कोरियाली नागरिक रहेका छन् ।
‘हामी आपतकालीन अवस्थाका बारेमा पूर्ण जानकार छौँ र यस अवस्थालाई कसरि समाधान गर्ने भन्ने बारे पनि गम्भिर भएर लागि परेका छौँ र चीनसँग यस विषयमा गम्भिर रुपमा वार्ता भइरहेको छ ।’ सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
हुवानबाट सञ्चालीत सम्पूर्ण यातायातका साधनहरु तत्कालका लागी बन्द गरिएको र उक्त रोगसँग लड्न कुनै कसुर बाँकी नराखिने पनि उनीहरुले उल्लेख गरेका छन् ।
हाल कोहि पनि कोरियन नागरिकहरुका उक्त रोगको शंका तथा पहिचान नभएता पनि करिव ५०० जना दक्षिण कोरियाली नागरिकहरु कोरिया आउन इच्छुक देखिएको पनि सरकारी श्रोतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस