सोल-फिलिपिन्समा गएको शक्तिशाली ज्वालामुखि विष्फोटपछि कोरिया उड्न लागेका १३०० कोरियाली नागरिक मनिला स्थित निनोए एक्वीनो अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् ।
विमानस्थल प्रशासनले सम्पूर्ण उडानहरु स्थगित गरेपछि उनीहरु विमानस्थलमै रहेका हुन् ।सो उडान अवरुद्धका कारण गुआम तथा स्पेनमा जाडो विदा मनाउन हिडेका पर्यटकहरु समेत प्रभावित बनेका छन् ।
गत आइतवार मनिला भन्दा करिव ६५ किलो मिटर दक्षिणमा रहेको ताल भोल्क्यानोमा भएको उक्त विष्फोटका कारण करिव १७० अन्तराष्ट्रिय उडानहरु बन्द गरिएका थिए जस मध्ये एक दर्जन भन्दा बढी कोरियन उडानहरु रहेका थिए । विष्फोटका लाभा तथा खरानीका कणहरु उक्त विमानस्थल सम्मै आइपुगेका थिए ।
समाचार एजेन्सीहरुका अनुसार कोरिया उडान भर्न लागेका कोरियन एयर, एसियाना एयर, तथा जिजु एयर लगायतले आफ्नो कोरिया उडान स्थगित गरेका थिए ।समाचार एजेन्सीहरुका अनुसार उक्त विष्फोटबाट फिलिपिन्समा रहेका करिव ८५ हजार कोरियन आप्रवासीहरु पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित बनेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस