सोल-दक्षिण कोरियामा चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण एक जनामा भेटिएपछि प्रधानमन्त्री चुङ्ग साइ क्युनले स्वास्थ्यकर्मीहरुलाई सतर्कता अपनाउन साथै कसैमाथि संका लागेमा तत्कालै उपचार गर्न निर्देशन दिएका छन् ।
रोग रोकथाम तथा उपचार केन्द्र कोरियाका स्वास्थ्यकर्मीहरुले गरेको एक स्वास्थ्य परिक्षणमा एक चीनिँया महिलामा सो रोगका किटाणु भेटिएको पुष्टि गरे सँगै कोरियाली अधिकारीहरु यस रोगको बारेमा सचेत भएका हुन् ।
ती चीनिँया महिलामा उक्त रोगको संक्रमण भेटिए सँगै स्वास्थ्य मन्त्रालयले मातहतका सबै निकायहरुलाई एक आपसमा समन्वय गरि उक्त रोप फैलिन नदिन तथा आम जनतालाई यो रोग लाग्न नदिने उपाय बारे जनचेतना फैल्याउने काम गर्न पनि निर्देशन दिएको हो ।
रोग नियन्त्रण माहाशाखा कोरियाले रोग भेटिए लगत्तै अब यस बारे कसरि अगाडि बढ्ने भन्ने बारे बहस अगाडी ल्याएको छ । उनीहरुका अनुसार ती महिलालाई क्वारेन्टाइन चेकपोष्टमा जाँच गर्दा नै भाइरस पत्ता लागेका कारण अन्यत्र भने फैलिन नपाएको पनि रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
तथ्यांकका अनुसार हालसम्म कोरोना भाइसरबाट करिव २०० जना विरामी परिसकेका छन् जसमा ९ जनाको अवस्था भने गम्भिर रहेको छ । २०० जना मध्ये चीनको हुवान प्रान्तमा मात्र १४० जना पाइएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस