सोल-नव विवाहित जोडीहरुको नयाँ सम्बन्धको सुरुवात हनिमुनबाट हुन्छ । प्राय नवविवाहित जोडीको हनिमुन गन्तव्यको रुपमा प्राय हवाइ तथा अन्य युरोपियन मुलुकहरु प्र्दछन् ।
कोरियाको ख्यातिप्राप्त टुर्स कम्पनी हाना टुर्सले विगत पाँच वर्षको तथ्यांकलाई मुल्यांकन गर्दै हवाई नव विवाहित जोडीको रोजाइमा परेको जनाएको हो ।
उक्त टुर्स कम्पनीले हालै सार्वजनिक गरेको तथ्यांकका अनुसार हनिमुन मनाउन जाने मध्ये करिव १९.६ प्रतिशतले हवाईलाई आफ्नो हनिमुन गन्तव्यको रुपमा छनौट गरेका छन् भने करिव १६ प्रतिशतले मात्र युरोप तथा अन्य देशमा हनिमुन मनाउन जाने गरेको उक्त कम्पनिले जनाएको छ ।
युरोपियन राष्ट्रहरुले आफ्नो देशलाई प्रख्यात हनिमुन गन्तव्य बनाउन कुनै कसर वाँकी नराखे ता पनि हवाईले सन् २०१६ बाट आफ्नो विशिष्टताका कारण उत्कृष्ठताको ताज आफ्नै पोल्टामा बचाइ राख्न सफल रहेको छ ।
युरोपले आफ्ना पुर्वीय देशहरु जस्तै पराग्वे, चेक रिपव्लीक आदिलाई हनिमुन गन्तव्यको रुपमा स्थापित गर्न भरमजदुर प्रयास गरेतापनि हवाइले आफ्नो उत्कृष्ठता कायमै राखेको पनि तथ्यांकले देखाएको छ ।
हालै सेन्टर मार्क होटल सिओलमा राष्ट्रका ख्याति प्राप्त होटल व्यावसायीहरुको संयुक्त बैठकले विशेष अफर सार्वजनिक गर्दै शनिवार र आइतवार होटल बुक गर्नेलाई करिव पाँच लाख वन सम्मको हनिमुन प्याकेजमा छुट दिने योजना समेत सार्वजनिक गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस