एजेन्सी-इरानका विभिन्न सहरमा सरकार र सर्वोच्च नेता आयतूला अली खामनेई विरोधी प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरूले गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेका छन्।
एक सय ७६ जनाको ज्यान जानेगरी तेहरानमा भएको विमान दुर्घटनाबारे सरकारले झुट बोलेको भन्दै विरोध सुरु भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार भएको छ भने धेरै व्यक्ति पक्राउ परेका छन्।
इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण भुइँमा खसेको थियो। पहिला क्षेप्यास्त्र प्रहार नभएको दाबी गरेको भए पनि शनिवार इरानी सेनाले मानवीय त्रुटिका कारण त्यसो हुन गएको स्वीकारेको थियो ।
प्रदर्शन चर्कदै गएपछि इरानमा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै विमान दुर्घटना भएको थियो।
जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध प्रतीकात्मक गतिविधि गर्दै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस