एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले गरेको आक्रमणमा अमेरिकालाई कुनै पनि मानवीय क्षति नभएको प्रष्ट पारेका छन्। इरानले इराकमा रहेका विभिन्न अमेरिकी सैन्य हवाई बेसमा इरानले गरेको मिसाइल आक्रमणमा मानवीय क्षति नपुगेको ट्रम्पले आफ्नो सम्बोधन मार्फत् स्पष्ट पारेका छन्।
अमेरिकाले इरानी सेनाका एक कमाण्डरको हत्या गरेको बदलामा इरानले मंगलबार राति मिसाइल आक्रमण गरेको थियो। यस्तै राष्ट्रपति ट्रम्पले इरानले अमेरिकी सेनाको हवाई बेसमा गरेको आक्रमणले इरानलाई धेरै तल रहेको पनि दाबी गरे। ह्वाईटबाट गरेको टेलिभिजन सम्बोधनमा ट्रम्पले आफूहरुले मध्यपूर्वको तेलका लागि युद्ध गर्न खोजेको नभई त्यस क्षेत्रमा शान्ति स्थापना गर्न चाहेको बताएका छन्।
उनले इरानी सेनाका कमाण्डर कासिम सुलेमानीले अमेरिकासँग बारम्बार युद्धको धम्की दिएकाले मारिएको र यो युद्धको अन्त्य भएको उनको दाबी छ। उनले आफ्नै मुलुकमा ठूलो मात्रामा प्राकृतिक ग्यास रहेकाले मध्यपूर्वी क्षेत्रको पेट्रोल आफूहरुलाई नचाहिएको स्पष्ट पारे। सम्बोधनका क्रममा ट्रम्पले आफूहरुले सैन्य शक्ति देखाउन र प्रयोग गर्नसमेत नखोजेको बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस