भक्तपुर– चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापनमा चीनले सघाउने भएको छ । आज चाँगुनारायण नगरपालिका र चीनको सरकारी टोलीबीच भएको द्विपक्षीय छलफलमा चाँगुनारायणको विपद् व्यवस्थापनमा चीनले सघाउने प्रतिबद्धता जनाएको हो ।
नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बीना बाँस्तोला, प्रशासकीय प्रमुख चिरिञ्जीवी तिम्सिेनालगायत नगरपालिकाको टोली र चीन सरकारको पब्लिक मेट्रोलोजी सर्भिस सेन्टरका उपनिर्देशक चेन युन छेङ्गको नेतृत्वमा आएको सातजना चिनियाँ टोलीबीच भएको छलफलमा विपद् व्यवस्थापनमा चाँगुनारायण नगरपालिकालाई आवश्यक सहयोग गर्न चीन तत्पर रहेको चिनियाँ टोलीका प्रमुख एवं पब्लिक मेट्रोलोजी सर्भिस सेन्टरका उपनिर्देशक चेन युन छेङ्गले बताएका छन् ।
उनले नेपालको केन्द्रीय सरकारमार्फत जलवायु परिवर्तन, मौसम र विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्ने तत्पर रहेको बताउँदै चाँगुनारायणको आवश्यकलाई ध्यानमा राखेर सहयोगको खाका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ टोलीले चाँगुनारायण नगरपालिकाले जलवायु परिवर्तन, मौसमको अवस्थामा जानकारी दिन र विपद् व्यवस्थापनको क्षेत्रमा कस्तो काम गरिरहेको छ र यहाँ के के समस्या छन् भन्नेबारे चासो व्यक्त गरेको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्रले चाँगुनारायणको भूबनोट, जोखिमका क्षेत्रहरु, विपद् व्यवस्थापनमा नगरपालिकाले खेलेको भूमिका र आवश्यक तयारीबारे जानकारी गराएका थिए । उनले नगरपालिकाले चीनसँग साझेदारी गरेर विपद् व्यवस्थापन र मौसमको क्षेत्रमा काम गर्न चाहेको बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस