त्रिपोली- लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन्। शनिबार अबेर सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ। सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।
“प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका छन्, अरु १८ जना घाइते भएका छन्,” लिबियाको एक सरकारी निकायले जारी गरेको वक्तव्यमा जनाइएको छ। संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको लिबियाली सरकारले प्रकाशन गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले सो हवाई आक्रमण गरेको जनाइएको छ।
उक्त सैन्य बलले त्रिपोलीमा सञ्चालनमा रहेको एक सैन्य विद्यालयलमा नै आक्रमण गरेको बताइएको छ। त्यो विद्यालयलाई लक्ष्य बनाइनुको कारण के हो भन्ने बारेमा केही थाहा भएको छैन। राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृत्यु भएका र घाइते भएका विद्यार्थीहरुको फोटो पोष्ट गरेको छ।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन। लिवियामा चलिरहेको द्वन्द्वका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस