लण्डन-सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छिन।
बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरको रुपमा नियुक्त गरिएको घोषणा गरेको हो। सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो।
क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर भएकी हुन् भने पहिलो महिला चान्सलर भएकी छिन।
संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्नेछ। स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुनेछ।
चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ। अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उनको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ। क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा थिइन। त्यसअघि उनि अमेरिकी विदेश मन्त्री पनि भएकी थिइन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस