नयाँ दिल्ली – भारतमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन बढ्न थालेपछि मुख्य सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने केही स्थानमा मोबाइल इन्टरनेट सेवा काटिएको छ ।
शुक्रबार गर्ने भनिएको योजनाबद्ध प्रदर्शन अगावै सुरक्षा व्यवस्था कडा पारिनुका साथै इन्टरनेट कटौती गरिएको हो । डिसेम्बर ११ यता देशभर भएका प्रदर्शनका हिंसात्मक झडपमा २५ जनाको मृत्यु भइसकेको छ । भारतको संघीय संसदबाट पारित भएर राष्ट्रपति रामनाथ कोविन्दले स्वीकृत गरेको कानुन मुस्लिमविरुद्ध भएको भन्दै देशभर विरोध प्रदर्शन भइरहेका छन् ।
हिन्दु राष्ट्रवादी सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ यता अहिलेसम्म सामना गरेको सबभन्दा ठूलो चुनौतीका रुपमा यसलाई व्याख्या गरिएको छ । गत साता शुक्रबार विभिन्न सहरमा हिंसात्मक झडप भएपछि विशेष गरी उत्तरप्रदेशस्थित गिर्जाघरमा प्रार्थना गर्न जाने मुस्लिममा विशेष निगरानी राखिएको छ ।
यस साता थप प्रदर्शन हुने सूचनाका आधारमा उत्तर प्रदेश सरकारले मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाएको राज्य सरकारले जनाएको छ । संघीय राजधानी नयाँ दिल्लीबाट ९० किमिको दूरीमा रहेको मिरुतमा करिब ३ हजारको संख्या प्रहरी परिचालन गरिएको छ । गत शुक्रबारभन्दा चार गुणा बढी भएको मिरुत प्रहरी प्रमुखले रोयटर्सलाई जानकारी दिएको छ ।
गत साता उक्त सहरमा कम्तिमा पनि पाँचजनाको मृत्यु भएको थियो । रोयटर्सका अनुसार दंगा नियन्त्रण गाडीहरु अश्रुँ ग्याससहित तयारी अवस्थामा सहरमा खटिएका छन् । त्यसैगरी पानीको फोहरासहित गाडीहरु पनि सहरमा देखिएका छन् ।
मिरुतका विरिष्ठ प्रहरी अधिकारी अजयकुमार सहानीले भने, “सहरमा शान्ति कायम गर्न आफूहरुले स्थानीय राजनीतिक नेताहरु, धार्मिक नेता तथा नागरिक समाजका सदस्यहरुसँग आग्रह गरेका छौं । हामीले अवस्था सामान्य रहने अपेक्षा गरेका छौं ।”
शुक्रबारको प्रार्थनपछि नयाँ दिल्ली, मुम्बइ, कोलकत्ता, अहेमदावाद, बेंगलुरु र चिन्नेइमा हजारौं प्रदर्शनकारी जम्मा हुनसक्ने प्रहरीको अनुमान छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस