वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको छ ।
उनिहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको बताइएको छ ।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई फोन गरेका ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ताले दिएको जानकारीअनुसार इरान र उत्तर कोरियाका विषयमा उनिहरुबीच कुराकानी भएको थियो ।
उनिहरुले हालै उत्तर कोरियाले आणविक परीक्षण गरेको र त्यस लगत्तै दिएको भनिएको एक धम्कीपूर्ण वक्तव्यका बारेमा पनि कुराकानी गरेका उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनिहरुबीच द्धिपक्षीय व्यापारका साथै अन्य अन्तर्राष्ट्रिय मुद्धाहरुका बारेमा पनि कुराकानी भएको थियो ।
आगामी दिनमा आपसी हितका विषयमा समय समयमा सम्पर्कमा रहेर कुराकानी गर्ने विषयमा पनि उहाँहरुबीच सहमति भएको बताइएको छ । उत्तर कोरियाली उप विदेशमन्त्री रि ताय सङले हालैमात्र एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगामी क्रिस्मसमा कस्तो किसिमको उपहार खोजेको हो त्यो स्पष्ट होस् भनेर धम्कीपूर्ण भाषामा भनेका थिए ।
अमेरिकासँग पछिल्लो समयमा कूटनीतिक रुपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान पुगेका समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री आबेलाई फोन गरेका छन् ।
राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको उहाँको जापान भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यद्यपि यस भ्रमणको समयमा अमेरिकासँगको सम्बन्धका विषयमा कुनै कुराकानी नहुने इरानको भनाई छ । तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रहेर इरानको भ्रमण गरेका थिए ।
अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उनले इरानको भ्रमण गर्नुभएको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए ।
दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्ताहरुमा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस