काबुल– अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको बम आक्रमणमा परी एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ ।
उक्त इलाकामा स्थानीय समयानुसार बुधबार बिहान ५ः५० बजे दुई वटा भीषण विस्फोट भएका थिए । आक्रमणकारीको पहिलो समूहले सैन्य शिविरको दक्षिणतर्फ बाहिरी इलाकामा दुई वटा बम विस्फोट गएका थिए । सो विस्फोटमा परी सयौं घर, पसल र एक मस्जिदमा क्षति भएको सो टेलिभिजन च्यानलले जनाएको छ ।
लडाकूको दोस्रो समूहले स्वास्थ्य केन्द्र कब्जा गरेका थिए । उनीहरूले विदेशी सेनालाई निशाना बनाउने र भारी हतियारले सैन्य शिविर हमला गर्ने प्रयासमा रहेका जनाइएको छ ।
जिल्ला प्रहरी प्रमुख अब्दुल शाकोरले बग्राम हवाई अखडा नजिकै भएको उक्त आक्रमणमा परी एकको मृत्यु हुनुको साथै ५० भन्दा बढी गाउँले घाइते भएको प्रारम्भिक सामाचारमा जनाइएको छ । उक्त विस्फोटनबाट ठूलो क्षति भएको उनले थप जानकारी दिएका छन् ।
गम्भीर रुपमा घाइते भएकाहरुलाई प्रान्तीय राजधानी चारिकबाट राष्ट्रिय राजधानी काबुल अस्पतालमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आक्रमणपछि अफगानी र अमेरिकी सेनाले उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखेका छन् । पर्वान प्रान्तको बग्राम सैन्य शिविर अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको छ ।
यस सैन्य शिविरबाट १८ वर्षदेखि अमेरिकी र नेटो सेनाको अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि सेवा गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस