सोल-दक्षिण कोरिया र जापानमा महिलाहरुले विवाह नगर्दा आर्थिक संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ ।
दुई देश संसारको सबैभन्दा कम जन्मदर भएको देशमा समावेश छ । जापान विश्वको सबैभन्दा कम जन्मदर भएको देश हो । दक्षिण कोरिया यसमा आठौं स्थानमा छ ।
कोरियाली महिला माझ त ‘नो म्यारिज वुमन’ अभियाननै चलेको छ । अभियान अन्तर्गत महिलाहरुलाई नो डेटिङ, नो सेक्स, नो म्यारिज, नो चिल्ड्रेन भनेर चार चिजबाट टाढा रहन समेत सल्लाह दिइँदैछ ।
विवाह गर्न प्रोत्साहनको लागि अनुदानको व्यवस्था
महिलाहरुमा विवाहप्रति अरुचि उत्पन्न भएको अवस्थामा सुधार ल्याउनको लागि त्यहाँको सरकारले युवाहरुलाई अनुदान रकमदेखि अन्य सुविधाको व्यवस्था गरेको छ ।
दक्षिण कोरियाको अवस्था यति बिग्रिएको छ कि त्यहाँ जम्मा २२.४ प्रतिशत महिला मात्र विवाहलाई आवश्यक ठान्छन् । एक दशक अघि यो तथ्याकं ४७ प्रतिशत थियो ।
दक्षिण कोरियाको सरकारले युवाहरुलाई विवाह गर्न र बालबच्चा पाउनको लागि प्रोत्साहन अभियान चलाइरहेको छ ।
विद्यार्थीको संख्यामा समेत घट्न थाल्यो
दक्षिण कोरियामा विवाहमा ह्रास आउँदा जनसंख्यामै कमी आएको छ । यसले श्रम शक्ति घट्ने खतरा उत्पन्न गरेको छ । जनसंख्यामा आएको कमीको कारण सियोलका कैयन विद्यालयमा विद्यार्थीको कमी देखिन थालेको छ ।
केही विद्यालयमा विद्यार्थीको संख्यामा अत्यधिक कमी आउदाँ बन्द गरिएका छन् ।
जापानमा पनि बच्चा जन्माउन प्रोत्साहन कार्यक्रम
जापानको जनसंख्या तीव्र गतिमा बुढो हुदै गएको छ । यसले समाज र अर्थव्यवस्थामा असर देखाउन थालिसकेको छ ।
कोरियामा जस्तै जापानका युवाहरुमा पनि विवाहप्रति विकर्षण देखिन्छ । यसले गर्दा बालबालिका र युवाको संख्यामा ह्रासको कारण देशमा संकट उत्पन्न भएको छ ।
यही कारणले यहाँ महिलाहरुलाई दोस्रो बच्चा जन्माउनको लागि प्रोत्साहन गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस