सुभा– समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २१७ दादुराको सङ्क्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।
हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १ सय ६७ अस्पतालमा भर्ना छन् । सामोआ हाल आपतकालको अवस्थामा रहेको छ । सबै स्कूलहरू बन्द गर्नुको साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।
बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरेको छ ।
खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ । दादुरा असाध्यै संक्रामक भाइरल रोग हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस