नयाँ दिल्ली– चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ ।
दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उनको भ्रमण यही महिनाको अन्त्य तिर हुने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् ।
स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उनि भारत आउन लागेका हुन् ।
चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्नुहुने जनाइएको छ ।
सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो । यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलिपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्चस्तरको चिनियाँ भ्रमण हुन लागेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस