सोल-दक्षिण कोरियाको राजधानी सोल शहरलाई एक प्रतिष्ठित अन्तर्राष्ट्रिय ट्राभल पत्रिकाले लगातार पाँचौं बर्ष ‘माईस’ शहरको रूपमा छानेको छ |
माइस मिटिङ्ग,इन्सेटीप्स,कन्भेन्सन र एक्क्सिबिसन (बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शन)को पूर्ण रुप हो |
ग्लोबल ट्राभलर पत्रिकाका अनुसार कोरियाली राजधानी सोलले दुबई, सिंगापुर, लन्डन र पेरिसलगायत अन्य उच्च प्रोफाइल ग्लोबल शहरलाई पनि उछिन्न सफल भएको छ।
सन २००४ मा स्थापित यस पत्रिकाले प्रतिमहिना १०,०५ ,००० प्रति पत्रिकाहरु प्रकाशित गर्छ र ३०००,००० अनलाइन र अफलाइन सदस्यहरूको बीचमा वार्षिक ग्लोबल ट्रैभलर टेस्ट रिडर सर्भे गर्ने गर्छ |
पत्रिकाले पुरस्कार विजेताको निर्णय लिन अनलाइन र अफलाइन सर्वेक्षणहरू सञ्चालन गर्दछ। पुरस्कारले प्रत्येक श्रेणीमा उत्कृष्टताका लागि शहरहरू, कम्पनीहरू र संगठनहरू, एयरलाइन्स, होटेलहरू, एयरपोर्ट उद्योगको साथसाथै ‘माइस’ लाई सम्मान गर्दछ।
लगातार पाँच पटक क्विन्ट अवार्ड अवार्ड जित्ने सोल विश्वको पहिलो शहर बन्न सफल भएको छ र लगातार पाँच बर्ष यो अवार्ड जितेमा अवार्ड पूर्ण रुपमा उक्त देशलाई हस्तान्तरण गरिन्छ ।
पुरस्कारसँगै सोललाई २०१५ बाट २०१८ सम्मको शीर्ष तीन अधिवेशन शहरको रूपमा नामित गरिएको छ, जसले माइस क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दैछ।
गत सेप्टेम्बरमा, यसले अन्तर्राष्ट्रिय बार एसोसिएशनको वार्षिक सम्मेलन आयोजना गरेको थियो, जसमा १३० देश का कारीब ७ हजार प्रतिनिधिहरू सहभागी थिए। यसका साथै, यसले २०२२ मा आयोजना हुने विश्व कांग्रेसको एन्डोरलोजीको बोलपत्र पनि हात पार्न सफल भएको छ, जहाँ विश्वभरका ९० देशका २५ सय मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस