काठमाडाैं-सरकारले कालापानी क्षेत्र नेपालकै भएको प्रस्ट पारेको छ । भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर सरकारले यस्तो घारणा सार्वजनिक गरेको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिपुलेकको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । प्रेस संगठनले बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग केही समयअघिको भेटमा स्पष्ट कुरा राखेको बताए ।
लिपुलेकबारे छलफल गर्न खोज्दा मोदीले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको फोन नउठाएको विगत छ । नेपाललाई जानकारी निदिइ लिपुलेक भञ्ज्याङबाट व्यापार आदन प्रदान गर्न चीन र भारतले चार वर्षअघि सम्झौता गरेपछि प्रधानमन्त्री कोइरालाले समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्न खोजेका थिए । तर, त्यो सम्भव भएन ।
तत्कालिन परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला दुई प्रधानमन्त्रीबीच हरेक महिना टेलिफोन संवाद गर्ने सहमति बनेको थियो । तर, चीनसँगको सहमतिपछि त्यो संवाद निरन्तर हुन सकेन । ‘हाम्रा प्रधानमन्त्रीज्यूले लिपुलेक, कालापनीका विषयमा मोदीजीसँग छलफल गर्ने तयारीका साथ टेलिफोन गर्नुभयो । तर, उताबाट रिसिभ भएन,’ भट्टराईले भने ।
लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जानकारी लिने भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस