दोहा-अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ ।
चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ (आईईए) को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो । आईईएको नेतृत्व तालिवान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन् ।
तालिवान समूहका प्रवक्ता जाविहुल्लाले ट्वीटरमा लेखेका छन् , ‘अखुन्दको नेतृत्वमा तालिवान आईईएको प्रतिनिधिमण्डलले बेइजिङमा हुने सम्मेलनमा सहभागिता जनाउन चीनले निमन्त्रणा दिएको छ । तालिवानसँगको यो भेट उनीहरूसँग यस पहिले मस्को र कतारमा भएका सम्मेलनको निरन्तरता हो ।’
उनले भने, ‘बेइजिङमा हुने सम्मेलनमा पुग्ने सवै सहभागी व्यक्तिगत हैसियतमा रहनेछन् र उनीहरूले अफगानिस्तानको राजनीतिक समस्याको समाधानका लागि आफ्ना विचारलाई व्यक्तिगतरूपमा प्रस्तुत गर्नेछन् ।’
यस पहिले बुधबार नै अखुन्द भनिने मुल्ला अब्दुल घानी बरादारसहितका प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चिनियाँ विशेष प्रतिनिधि देङ सिचुन तथा कतारका लागि चीनका राजदूतसँग भेट गरेका थिए ।
भेटमा उनीहरूबीच अफगानिस्तानका बिषयमा चीनमा हुने सम्मेलन र अमेरिका तथा तालिवानबीच भइरहेको शान्तिवार्ताबारे छलफल भएको बताइएको छ । केही महिनापहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्कासी अमेरिकी प्रतिनिधिमण्डल र अफगानी तालिवान समूहबीच भएको वार्ता रद्द भएको घोषणापछि तालिवान समूहले वार्तामार्फत् शान्ति प्रक्रियामा लान विभिन्न मुलुकहरूसँग पहल गरिरहेको छ ।
तालिवान समूहले पनि वार्ता रद्द भएको अमेरिकी घोषणासँगै आफ्ना गतिविधिलाई सशक्त बनाएको छ । वार्ता रद्दभएसँगै देशका विभिन्न राज्यहरूमा भएका विष्फोटहरूमा परी अफगान सुरक्षाकर्मीसहित सयौँ नागरिकहरूले ज्यान गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस