सोल– के-पप(कोरियन पप) गायिका सुल्लीलाई उनको फ्यान र साथीहरुले आज बिहान शव दफन आघि अन्तिम विदाई दिएका छन्।
२५ वर्षीया के-पप गायिका र अभिनेत्री सोमबार सोलको आफ्नै निवासमा मृत अवस्थामा उनको शव फेला परेको थियो। मृत्यु आघि उनि डिप्रेसनबाट ग्रसित भएको उनका नजिकका सहयोगीहरूले जानकारी दिएका छन्।
सुल्लीका साथीहरूले सार्वजनिक रूपमा उनको अचानक मृत्युको शोक सोशल-मिडिया मार्फत व्यक्त गरेका छन्।
त्यसैगरि धेरै कलाकारहरूले सुल्लीको मृत्युको स्मरणार्थ मनाउन सांगीतिक रिलीजहरू वा प्रदर्शनहरू रद्द वा ढिलाइ गरेका छन्।
गायिका बन्नु आगाडीनै सुल्लीले २००५मा बाल अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिईन्।
सन् २०१३ मा हिप-हप ब्यान्ड डायनामिक डुओको चोइजासंग डेट गर्दैछिन् भन्ने अफवाह फैलिएपछि उनले वर्षौंसम्म सामाजिक संजालमा अनेकौ उत्पीडनको सामना गर्नु परेको थियो। उनले साइबर बुलिंगकै कारण आफ्नो ब्याण्डबाट एक बर्षको विश्राम समेत लिएकी थिईन्।
घृणा टिपोटहरू उनि विरुद्ध जारी रह्यो जब उनले ब्रा बिना नै आफ्नो विवादास्पद फोटो पोस्ट गरिन्।
उनी कार्यक्रम “द नाइट अफ हेट कमेन्ट्स” र उनको मृत्युको बेला फिल्म “पर्सोना २” मा अभिनय गर्न लागेकी थिईन।
उनको मृत्युले सेलिब्रेटीहरूमा साइबर बुलिंगको चिन्ता फेरि जगाएको छ।
सोमबार ब्लु हाउस चेओंग वा डाएको आधिकारिक वेबसाइटमा “चोई जिन-री कानून”नामक अनलाइन याचिका पेश गरिएको थियो जसले सामाजिक संजालहरुमा सर्बसाधारणले आफ्नो असली कानुनी नाम र पहिचानमा मात्र टिप्पणी छोड्नु पर्ने जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस