टोकियो-जापानमा आइतबार आएको हागीबिस आँधीका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने १५ जना बेपत्ता रहेका छन् ।
जापानी समाचार संस्थाहरुका अनुसार मृतक मध्ये खनागावा ४, तोचिगी ४, गुम्बा ४, मियाजाकी ६ जना, साइतामा २ र फुकुसिमामा ५, इवाते, चिबा, सिजुओखा, नगानो, इबाराकीकेनमा १ र १ जना गरी हाल सम्म ३० जनाको मृत्यु भएको हो |
समाचारमा फुकुसिमा, खानागावा लगायत ६ वटा क्षेत्रमा १५ जना अझै बेपत्ता रहेको उल्लेख गरेको छ ।
प्रभाबित क्षेत्रहरुमा उद्दार कार्य जारी रहेको आधिकारीहरुले बताएका छन् ।
आँधीका कारण घाइते हुनेहरुको संख्या १ सय ७७ पुगेको छ । यसअघी फुकुसिमाकेनमा उद्दार गर्ने क्रममा हेलिकप्टरबाट खसेर एकजना महिला घाइते भएकोमा उनको उपचारको क्रममा निधन भएको संचारमाध्यमहरुले जनाएका छन् ।
मध्य जापानमा शनिवार विहानैदेखी बन्द रहेको रेल सेवा आईतबार मध्यान्हबाट आंशिक रुपमा सुचारु भएको छ । सोमबारसम्ममा रेल सेवा पूर्णरुपमा सुचारु हुने समाचारमा जनाइएको छ ।
नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरुद्ध भएका छन्। रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्बामा क्षति पुगेको छ।
जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोक्यो र प्रभावित १२ वटै राज्यमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ।
त्यस्तै आँधीका कारण २ लाख भन्दा बढी घरमा अहिले पनि बिद्युत सेवा अबरुद्द छ । बिद्युत सुचारु हुन केही दिन लाग्ने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस