सोल-दशकौं पुरानो श्रृंखलाबद्ध हत्याको अपराधिले सोलको दक्षिणमा आफुले गरेको हत्याहरु स्वीकार गरेको प्रहरीले मंगलबार बताएका छन्।
१९९४ मा आफ्नी जेठानीको बलात्कार र हत्याको आरोपमा जेलमा रहेका ५६ वर्षीय अपराधि मध्य सेप्टेम्बरमा सोलको ६० किलोमिटर दक्षिण ह्वासङ्गमा नौ महिलाको हत्याराको रूपमा पहिचान गरिएको थियो।
प्रहरीका अनुसार नौ महिलाको हत्याको जिम्मा लिदै उनले आफुले त्यस समयमा अन्य तिन अपराध पनि गरेको बताएका थिए। त्यसैगरि आफ्नो जेठानीको हत्या अघि पनि दुई अन्य अपराध गरेको समेत स्वीकारेका छन्।
दुई हप्ता अघि नयाँ तथा उन्नत प्रहरी अनुसन्धान प्रविधिले उक्त हत्याराको डीएनए ह्वासङ्गका १० मृतक मध्ये ३ भन्दा शवको सबूतमा पाएपछि उक्त घटना फेरि प्रकाशमा ल्याइएको थियो। १० मध्ये एउटा हत्या भने हत्याराको देखासिखीमा गरेको साबित भएको छ।
हत्याराले आफ्नो अपराध स्वीकार गरे पनि उनलाई कारबाही नहुने प्रहरीले जानकारी दिएका छन्। यसको कारण उक्त मुद्दाको २००६ मा समाप्त भएको प्रहरीले जनाएका छन्।
त्यसबेला हजारौं अधिकारीहरू परिचालन गरिए पनि प्रहरीले हत्यारालाई चिन्न असफल भएका थिए।
समाधान नगरिएका मुद्दाहरूले २००३ को हिट चलचित्र ‘मेमोरिज अफ मर्डर’ लाई प्रेरणा दिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस