एजेन्सी- दक्षिण कोरियामा स्वाइन फ्लुको संक्रमण तीव्र बन्दै गएको छ भने यसको रोकथाम गर्न गरिएका प्रायजसो सबै प्रयास असफल जस्तै बन्दै गएका छन्। विगत २ साताको अवधिमा नै स्वाइन फ्लु भएका ९ केस भेटिएपछि कोरियाका धेरै प्रयास विफल बनेको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन्।
स्वाइन फ्लु नियन्त्रणका लागि भन्दै सरकारले देशका सबै सुँगुर फार्मसमेत बन्द गरिदिएको छ। बिहीबार सरकारले यस्तो निर्णय गरेको हो। शनिबारसम्म देशका सबै सुँगुर फार्म बन्द गरिएको यससम्बन्धी सबै समेत बन्द गरिएको कोरियाको कृषि मन्त्रालयले जानकारी दिएको छ।
अन्य छिमेकी देशका तुलनामा कोरियामा अफ्रिकी स्वाइन फ्लुको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै सर्वत्र चिन्ता र चासो व्यक्त गर्न थालिएको छ।
गत सेप्टेम्बर १७ मा कोरियामा पहिलोपटक स्वाइन फ्लुको संक्रमण भेटिएको थियो। हालसम्म यो संख्या बढेर ९ पुगेको त्यहाँका सरकारी निकायले जानकारी दिएका छन्।
शुक्रबार मात्र इन्छनमा यसको संक्रमण भेटिएको थियो। सन् २०१८ अगस्टमा चीनमा देखिएको यसको संक्रमण १० दिनको अवधिमा ६ वटा मात्र संक्रमणका केस भेटिएको चीन सरकार र विश्व पशु स्वास्थ्य संगठनले उल्लेख गरेका थिए। तर सो भन्दा तीव्र गतिमा कोरियामा यसको संक्रमण फैलिएको छ।
१० दिनको अवधिमा नै भियतनाम र हङकङमा पनि एक एक मात्र संक्रमण देखिएका थिए। तर कम्बोडिया, मंगोलिया र लाओसमा भने १० दिनको अवधिमा ४ संक्रमण देखिएका थिए।
यता कृषिमन्त्री किम ह्येयोन सुले आकस्मिक रुपमा बैठक बोलाएका छन्। सेजोङ गभर्मेन्ट कम्प्लेक्समा आयोजित सो बैठकका उनले देशका उत्तरी सीमाका पशु क्वारेन्टाइन मापदण्डमा कडाइ गर्न निर्देशन दिएपछि यसको परीक्षण पनि कडा भएको बताएका छन्।
बिहीबार मात्र सरकारले सबै सुँगुर फार्म बन्द गराएको छ भने यसको काटमार र यससम्बन्धी सबै सेवा शनिबारसम्म बन्द गरेको छ।
दक्षिण कोरियाको उत्तरी क्षेत्रमा अफ्रिकी स्वाइन फ्लुको संक्रमण बढी देखिएको छ। कोरियामा हालसम्म सुँगुरमा मात्र देखिएको यो रोग मानिसमा भने नदेखिएको कोरियाली अधिकारीले दाबी गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस