एजेन्सी- दक्षिण कोरियाली प्रहरीले एक सिरियल किलरको पहिचान गरेको छ। सन् १९८० र ९० को दशकमा शृंखलाबद्ध हत्या गरेको आंशकामा प्रहरीले लामो समयदेखि अनुसन्धान गर्दै उनको पहिचान गरिएको दाबी गरेको छ।
प्रहरीले सो समयमा भएका अधिकांश हत्याका घटनामा संलग्न भएको भन्दै ५० वर्षीय पुरुषका सम्बन्धमा अनुसन्धान गरिरहेको छ। प्रहरीलाई उनको संलग्नता पुष्टि हुने आधार मिलेको दाबी गरिएको छ।
करिब ३० वर्षको अवधिमा सो समयमा भएका थुप्रै हत्याका दोषी पत्ता लगाउन प्रहरी असफल भएको थियो। तर पहिचान गरिएका ती व्यक्ति अर्कै केसमा हाल जेल सजाय भुक्तान गरिरहेका छन्।
सन् १९८६ देखि १९९१ को बीचमा सोलको दक्षिणी गाउँ ह्वासेओङमा भएका बलात्कार पछि हत्या भएका १० घटनामध्ये एक घटनामा उनको संलग्नता रहेको दाबी प्रहरीको छ। यद्यपि ती अभियुक्तको विस्तृत पहिचान र नाम ठेगाना भने खुलाइएको छैन।
पीडितको अन्डरवेयरको डिएनएसँग हाल पहिचान गरिएका व्यक्तिको डिएनएले मेल खाएको ग्येयोन्गी प्रान्तीय प्रहरी एजेन्सीले बताएको छ। ती व्यक्ति र बलात्कृत महिलाको अन्डरवेयरको फरेन्सिक परीक्षण गरिएको सो एजेन्सीले बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस