सोल- दक्षिण कोरियामा कसैले पनि दाबी नगरेको लट्री पुरस्कारको राशी २ खर्ब ६१ अर्ब कोरियाली वन बराबर पुगेको छ। यो विगत ५ वर्षयताको मात्र तथ्यांक हो।
दक्षिण कोरियाली अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१४ देखि २०१८ सम्ममा २ खर्ब ६१ अर्ब वनमा कसैले पनि दाबी नगरेको हो। यो विभिन्न मेला तथा लट्रीमा घोषणा गरिएको पुरस्कारको रकम हो। यो रकम २१ करोड ८० लाख अमेरिकी डलर बराबर हो।
कोरियाली सरकारले लट्री परेको रकम चाँडो दाबी गर्न समेत विजेतालाई सूचना जारी गरेको छ। उसले लट्री परेको रकम १ वर्षसम्म पनि दाबी नगरे राज्यको सामाजिक कल्याण कोषमा जम्मा हुने उल्लेख गरेको छ।
यसमा धेरैजसो हिस्सा अफलाईन कोरियामा लोकप्रिय बनेको लट्री टिकेट लोट्टोको रहेको छ। सन् २०१८ मा लट्रीमा ठूलो रकम परेको समेत मन्त्रालयले जानकारी दिएको छ। सन् २०१८ मा यसका धेरै बिक्री केन्द्र बन्द भए पनि कारोबारमा भने कमी आएको देखिएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस