एजेन्सी- ८१ वर्षीया वृद्धको भेषमा अमेरिका उड्न लागेका ३२ वर्षीय युवा भारतीय प्रहरीले पक्राउ परेको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्क जान लागेका छद्म भेषधारी युवा पक्राउ परेका छन्।
जयेश पटेल नाम गरेका युवा अमेरिकाको न्युयोर्क जान लाग्दा नक्कली राहदानीसहित पक्राउ परेका हुन्।
फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेका थिए। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।
सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने, ‘उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो।’
दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि शंका उत्पन्न भएको थियो।
अधिकारीहरूले मागेपछि वाहकको नाम अम्रिक सिंह भएको राहदानी देखाएका थिए ।
राहदानीमा उनको जन्ममिति १ फेब्रुअरी, १९३८ र जन्मस्थान दिल्ली लेखिएको थियो ।
सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र सो राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए।
लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ।
भारतका प्रहरी अधिकारीहरूका अनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थिए।
उनले नै पटेलको हुलिया बदल्ने व्यवस्था मिलाइदिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस