एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौताबाट पछि हट्ने घोषणा गरेका छन्।
ट्रम्पले एक पछि अर्को ट्विट गर्दै क्याम्प डेभिडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँगको एक गोप्य बैठकमा भाग लिने कार्यक्रम समेत रद्द गरेको जानकारी दिएका छन्।
उनले काबुलमा भएको बम विस्फोटमा अमेरिकी सेनासहित १२ जनाको मृत्यु भएपछि यो कदम चालेको बताएका छन्। तालिबानले सो हमलाको जिम्मेवारी लिएका थिए।
अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि जाल्मे खलिलजादले गत सोमबार तालिबानसँग सैद्धान्तिक रुपमा एक शान्ति सम्झौता हुने घोषणा गरेका थिए।
प्रस्तावित शान्ति सम्झौताअनुसार अमेरिकाले आगामी २० साताभित्र अफगानिस्तानमा रहेका आफ्ना ५ हजार ४ सय सैनिक फिर्ता लाने तयारी गरेको थियो।
यद्यपि खलिलजादले सम्झौतामा अन्तिम स्वीकृति राष्ट्रपतिले दिने बताएका थिए। बिहीबार काबुलमा भएको बम विस्फोटपछि तालिबानसँग शान्ति सम्झौताका बाबजुद हिंसा अन्त्य नहुने चिन्ता व्यक्त गरिएको थियो।
सन् २००१ मा अमेरिकी सैनिकले अफगानिस्तानमा हमला गरेर तालिबान सत्ता तहसनहस पारेपछि पहिलो पटक यतिबेला अफगानिस्तानको ठूलो भागमा तालिबानको नियन्त्रण कायम छ।
तालिबानले अफगान सरकार अमेरिकाको कठपुतली भएको भन्दै वार्ता अस्वीकार गर्दै आएको छ। अमेरिका र तालिबानबीच कतारमा अहिलेसम्म नवौं चरणको शान्ति वार्ता भइसकेको छ।
तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो। अफगानिस्तानमा २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय गठबन्धनका ३ हजार ५ सय सैनिक मारिएका छन्। जसमा २ हजार ३ सय अमेरिकी सैनिक छन्।
अफगानिस्तानका आम जनता, चरमपन्थी र सुरक्षाफौजको मृत्युको एकीन संख्या उल्लेख गर्न कठिन छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस