एजेन्सी- भारतको चन्द्रयान-२ को चन्द्रमामा अवतरण गर्न केही समयमात्र बाँकी रहँदा सम्पर्क टुटेको छ।
भारतको महत्वाकांक्षी अन्तरीक्ष अभियान चन्द्रयान- २ को विक्रम ल्याण्डर चन्द्रमामा पुग्न केही समय बाँकी रहँदा सम्पर्क टुटेको हो ।
भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष शिवनले चन्द्रयान २ को असफलतापछि भने, ‘विक्रम ल्याण्डर पूर्वयोजना अनुसार नै अवतरणको क्रममा थियो, सहतको २.१ किलोमिटरसम्म सबै सामान्य थियो तर त्यसपछि इसरोसँगको सम्पर्क टुटेको हो । हामी डेटाको समिक्षा गरिरहेका छौं ।’
विक्रमको भारतीय समय अनुसार राति १ः३०देखि २ः३० बजेको बीच चन्द्रमाको सतहमा अतवरण गर्नुपर्ने थियो। भातरीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए ।
प्रधानमन्त्रीसहित वैज्ञानिकहरु इसरो केन्द्रबाट चन्द्रयान-२ को अवलोकन गरिरहेका बेला अन्तिम क्षणमा तनावको अवस्था सिर्जना भयो र वैज्ञानिकहरुको अनुहारमा चिन्ता उत्पन्न भयो ।
केही समयपछि इसरोका अध्यक्ष प्रधानमन्त्री मोदी नजिक गए र अवतरण असफल भएको जानकारी दिए । प्रधानमन्त्री मोदी फर्किन लाग्दा इसरोका पूर्वअध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिएका थिए ।
त्यसको केही समयपछि इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग सम्पर्क टुटेको जानकारी दिएका हुन् ।
त्यसपछि प्रधानमन्त्री मोदी वैज्ञानिक सामू गए र उनले हौसला बढाउँदै भने, ‘जीवनमा उतार चढाव आउँछन्। सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ । प्राप्त भएको उपलब्धी पनि सानो होइन । देशले तपाईँहरुसँग गर्व गरेको छ । यो अभियानले धेरै कुरा सिकाएको पनि छ । मेरोतर्फबाट तपाईहरुलाई सबैलाई धेरै धेरै बधाई ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस