एजेन्सी- संयुक्त राज्य अमेरिका र तालिबान लडाकु समूहबीच शान्तिवार्ता भएको छ। ९ चरणको शान्तिवार्तामा ‘सैद्धान्तिक सहमति’को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने बताइएको छ।
अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्।
तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए।
अफगान तालिबान र संयुक्त राज्य अमेरिकाबीचको एउटा निकै महत्त्वपूर्ण र संवेदनशील सहमतिका विवरण सार्वजनिक भएको यो पहिलो पटक हो।
यो सहमतिले अमेरिका संलग्न सबैभन्दा लामो युद्ध अन्त्य गराउन र अफगानिस्तानलाई शान्तितर्फ डोर्याउन खोजेको बीबीसीले जनाएको छ।
सन् २००१ मा अमेरिकाले अतिक्रमण गरेयताकै सबैभन्दा ठूलो भूभागमाथि अहिले तालिबानको नियन्त्रण छ।
अमेरिकी कठपुतलीको रूपमा व्याख्या गर्दै आएको अफगान सरकारसँग वार्ता गर्न तालिबानले हालसम्म अस्वीकार गर्दै आएको छ।
तालिबान-अमेरिका सहमतिका रणनीतिकार खलिलजादले खाडी मुलुक कतारमा भएका नौ चरणका शान्ति वार्तापछि निष्कर्षमा पुगिएको टोलो न्यूजसँगको अन्तर्वार्तामा बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस