सोल-दक्षिण कोरिया जनसंख्या लगातार घट्दै गएको छ | हालै सार्बजनिक गरिएको तथ्यांक अनुसार शिशु जन्मदर पनि लगातार घट्दै आएको छ । तथ्यांकमा शिशु जन्मदर गत बर्षको भन्दा यो बर्ष ८.७ प्रतिशतका दरले घटेको जनाइएको हो ।
तथ्यांक अनुसार गत सन २०१८ को जुन महिना सम्ममा २४ हजार ५१ शिशुको जन्म भएको थियो भने यो वर्षको जुन अन्तिमसम्ममा २६ हजार ३ सय ५७ शिशुको मात्र जन्म भएको जनाईएको छ ।
तथ्यांक अनुसार गत वर्ष कोरियाको जनसंख्या ३ लाख २६ हजार ८ सय २२ घटेको थियो । यो घट्दो संख्या सन १९७० यता कै ठूलो संख्या हो ।
तथ्यांक अनुसार सन्तान जन्माउने महिलाको संख्या घट्दै गएको छ । गत वर्षको औसतलाई हेर्ने हो भने एक जना महिलाले शिशु जन्माउने संख्या .९८ मात्र रहेको छ । अहिले कोरियामा भएको जनसंख्यालाई सन्तुलनमै एक महिलाले २ भन्दा बढी सन्तान जन्माउनु पर्दछ ।
त्यस्तै २०१७ मा यहांको प्रजननदर १.०५ प्रतिशत रहेको थियो । यो प्रजननदर आर्थिक बिकास संस्था (ओईसीडी) सदस्य राष्ट्रहरु मध्ये सबैभन्दा कम हो । ओईसीडी सदस्य राष्ट्रहरुको प्रजननदर १.६५ रहेको छ ।
यसरी नै जनसंख्या घट्दै जानेहो भने कोरियाको जनसंख्या ३ सय बर्षपछि ५० हजार जना मात्र हुने बिज्ञहरुको आंकलन रहेको छ । कोरियाको जनसंख्या दिनानुदिन घट्दै गएपछि विभिन्न निकायले चिन्ता ब्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस