सोल-एसियाको दोस्रो ठूलो अर्थतन्त्र भएको देश जापानसँग कोरियाको व्यापारिक विवाद बढेपछि कोरियाले थप ५० खर्ब कोरयाली वन स्थानीय उद्योगमा लगानी गर्ने भएको छ।
जापानसँगको व्यापारिक विवादका कारण जापानी उद्योगमा भरपर्नु पर्ने उत्पादका क्षेत्रमा लगानी गर्न यो रकम विनियोजन गर्न लागिएको दक्षिण कोरियाको उद्योग मन्त्रलायले बुधबार जानकारी दिएको हो। स्थानीय पार्टपूर्जा र उपकरण उत्पादन उद्योगलाई सहयोग गर्न यो रकम विनियोजन गर्ने योजना कोरियाले बनाएको हो।
स्थानीय उत्पादन वृद्धि गरी उपकरण तथा मेसिनमा रहेको परनिर्भरता कम गर्न सहयोग गर्ने विश्वास मन्त्रालयले लिएको छ। जापानबाट ठूलो परिणाममा आयात हुने क्रम रोक्न दक्षिण कोरिया प्रयासरत छ।
सन् २०२० देखि २०२२ सम्ममा यो रकम खर्च गर्ने योजना मन्त्रालयले बनाएको छ। कोरियाका १०० भन्दा बढी ठूला उद्योग छनोट गरी ती उद्योगको क्षमता विस्तामा यो रकम प्रयोग गर्ने प्रारम्भिक योजनामा मन्त्रालय छ।
यसका साथै मन्त्रालयले अध्ययन अनुसन्धान र विकासमा समेत जोड दिएको छ। थप १९ खर्ब वन अध्ययन अनुसन्धानमा खर्च गर्ने योजना बनाइएको मन्त्रालयको दाबी छ। हालै गरिएको एक अध्ययनले पनि अध्ययन र अनुसन्धानमा थप रकम खर्च गर्न सुझाव दिएको थियो।
‘अध्ययन तथा अनुसन्धानमा रकम खर्च भए पनि उपकरणमा रहेको परनिर्भरता कम गर्न सहयोग गर्ने विश्वास लिइएको छ,’ मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत सातामात्र कोरियाको वाणिज्य मन्त्रालयले जापान विरुद्ध विश्व व्यापार संगठनमा उजुरी गर्ने बताएको थियो। पछिल्लो समय कोरिया र जापानबीच विवाद बढ्दै गएको छ। हालै मात्र जापानबाट आयात हुने ठोस फोहोरमैलाजन्य पदार्थ नभित्र्याउन कोरियाले निर्देशन गरिसकेको छ। दुई देशबीच आयात कर र व्यापारका विषयमा विवाद बढेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस