ब्रासिलिया, १० भदौ (रासस-सिन्ह्वा) – ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गर्नुभएको छ ।
पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीट गर्दै भने , “कोलम्बियाका राष्ट्रपति इभान डुकुसँगको कुराकानीमा हामीले आ–आफ्नो मुलुकको सार्वभौमसत्तालाई पनि सम्मान गर्दै संयुक्त योजना बनाउन जरुरी रहेको बारेमा छलफल भयो ।”
गत साता फ्रान्सको बियारिजमा सम्पन्न सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले अमेजनको डढेलो नियन्त्रण गर्न सदस्य राष्ट्रहरुलाई सहयोग गर्न आग्रह गरेिएको थियो ।
यसवर्ष मात्र ब्राजिलमा ७४ हजार पटक आगलागीका घटना भइसकेका छन् जसमा आधाभन्दा बढी अमेजन जंगलमा भएका छन् । सन् २०१८ को यही अवधिको तुलनामा यो करिब ८४ प्रतिशतले बढी हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस