सोल- दक्षिण कोरियाली पत्रिका द कोरिया हेराल्डले देशमा आन्तरिक ऋण चुलिँदै गएको भन्दै चिन्ता प्रकट गर्दै सम्पादकीय लेखेको छ। बिहीबारको संस्करणमा प्रकासित सो सम्पादकीयमा घरायसी ऋण चुलिँदै गएको भन्दै आन्तरिक उपभोगको अवस्थासमेत चिन्ताजनक भएको उल्लेख गरेको छ।
यसअघि नै निरासाजनक अवस्थाको देशको अर्थतन्त्र आन्तरिक ऋण र घरायसी ऋण बढेकाले थप चिन्ताजनक अवस्था सिर्जना गरेको सो पत्रिकामा उल्लेख छ।
कोरियाली केन्द्रीय बैंक बैंक अफ कोरियाले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो तीन महिनाको मात्र अवधिमा घरायसी ऋण १५ दशमलव ४ ट्रिलियन (१ ट्रिलियन= १० खर्ब) कोरियाली वन बढेर १ सय ४७ दशमलवव ७ ट्रिलियन वन पुगेको छ। गत वर्ष यही अवधिको तुलनामा यस वर्ष २ दशमलव ९ ट्रिलियन वन बढेको बैंकको तथ्यांक छ। जुलाइ महिनामा मात्र यस वर्ष ५ दशमलव ८ ट्रिलियन वन घरायसी ऋण छ। यो यसअघिका २ महिनाको भन्दा बढी हो।
यदि यही तरिकाले ऋण बढ्दै जाने हो भने बैंक तथा गैरबैंकिङ प्रणालीबाट लिइएको ऋण मात्रै यसै वर्षभित्र १ हजार ५ सय ट्रिलियन वन पुग्न सक्ने अनुमान गरिएको छ। यो निकै चिन्ताजनक अवस्था हो।
‘खासगरी, उत्पादकत्व वृद्धि ओरालो लागेको बेलामा बढ्दो घरायसी ऋण चिन्ताजनक छ। बढ्दो घरायसी ऋणले आन्तरिक खर्च कटौती गर्नसक्ने देखिएको छ। यसले देशको अर्थतन्त्र नै कमजोर बनाउँछ। अझ निर्यात र लगानी घट्दै गएकाले समस्या थपिँदै गएको छ,’ सम्पादकीयमा भनेको छ।
गतवर्षको जुलाइ महिनाका तुलनामा यो जुलाइमा ११ प्रतिशत निर्यात घटेको छ। अमेरिका र चीनबीचको व्यापार युद्धका कारण दक्षिण कोरियाको पनि निर्यात कमजोर भएको हो। सन् २०१८ अप्रिल-जुलाई अवधिदेखि देशमा लगानीको अवस्था क्रमश घट्दै गइरहेको छ।
घरायसी ऋण व्यवस्थापन गर्न सरकारले चासो दिने बेला आएको छ। सरकारले ऋण व्यवस्थापन गर्न र सम्पत्तिको मूल्य व्यवस्थापन गर्न नीतिगत व्यवस्था गर्नुपर्ने बेला आएको पत्रिकाले उल्लेख गरेको छ। स्थानीय पुँजीबजार बलियो बनाउन र करको भार व्यवस्थापन गर्ने समेत बेला आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस