सोल- एक दशककै अवधिमा दक्षिण कोरिया घुम्ने पर्यटकको संख्या २ गुणा वृद्धि भएको छ।
एसियाली मूलका युवतीहरूको आकर्षणमा दक्षिण कोरिया परेपछि यो दशकमा त्यहाँ पुग्ने पर्यटकको संख्यामा व्यापक वृद्धि भएको बिहीबार सार्वजनिक भएको एक अध्ययनले देखाएको छ।
सन् २००९ का तुलनामा सन् २०१८ मा करिब ९६ प्रतिशत बढी पर्यटक दक्षिण कोरिया पुगेको कोरिया कल्चर एन्ड टुरिजम इन्स्टिच्युटको तथ्यांक छ। सन् २००९ मा ७८ लाख २० हजार पर्यटकले दक्षिण कोरिया भ्रमण गरेका थिए। सन् २०१८ मा आइपुग्दा यो संख्या बढेर १ करोड ५३ लाख पुगेको अध्ययनमा भनिएको छ।
चीन, जापान, भियतनामलगायतका एसियाली देशका २० देखि ४० वर्षभन्दा कम उमेर समूहका युवतीको आकर्षण ह्वात्तै बढेकाले समग्र पर्यटकको संख्या बढेको अध्ययनले उल्लेख गरेको छ।
सन् २०१८ मा मात्र ४७ लाख ९० हजार चिनियाँ नागरिकले कोरिया भ्रमण गरेका थिए। यो कूल पर्यटकको संख्याको ३१ दशमलव २ प्रतिशत हो। यसैगरी, जापानबाट २९ लाख ५० हजार ताइवानबाट ११ लाख २० हजार अमेरिकाबाट ९ लाख ७० हजार पर्यटकले कोरिया भ्रमण गरेको इन्स्टिच्युटको तथ्यांक छ।
यो अवधिमा महिला पर्यटकको संख्याले पनि छलाङ मारेको छ। सन् २००९ मा ४७ प्रतिशत मात्र महिला पर्यटकका रुपमा कोरिया पुग्ने गरेकोमा २०१८ मा ५९ प्रतिशत पर्यटकको संख्या महिलाको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस