काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन्। उनी बुधबार मध्याह्न करिब १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन्। विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्।उनी तीन वर्षको अन्तरालपछि नेपाल-भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै काठमाडौं ओर्लंदैछन्।
उनले बैठकमा सहभागी हुनुअगावै शिष्टाचार भेट गर्नेछन्। उनलाई परराष्ट्रसचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् भने त्यसलगत्तै उनले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।प्रधानमन्त्री ओलीसँग जयशंकरले नेपालको पछिल्लो राजनीतिक अवस्था र दुईपक्षीय सम्बन्धबारे छलफल गर्नेछन्।
उनले भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्। उनी विदेश मन्त्रालयको राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। उनले २०७२ असोजमा गरेको राजनीतिक भेटघाटको अवस्थालाई चिर्न पनि अहिलेको भेटघाट महत्वपूर्ण रहेको अधिकारीहरू बताउँछन्।
बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस