लाओस/रासस-एएफपी- लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् ।
स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो ।
उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु दुई जना अझै हराइरहेको जानकारी दिए । उहाँले ब्रेकले काम नगरेका कारण बस दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
घाइते ३१ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । लाओस, थाइल्यान्ड, कम्बोडिया र म्यान्मारमा सवारी दुर्घटना सामान्यजस्तै हुने गरेका छन् ।
लाओसमा पछिल्ला वर्षहरुमा पर्यटकको आवागमन बाक्लिदै गएको छ । भियतनाम टाइम्सका अनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १३ प्रतिशतले वृद्धि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस