सोल-दक्षिण कोरियाली महिला यौनदासीहरुले आन्दोलन शुरु गरेको १४ सय हप्ता पुरा भएको छ |
सोलस्थित जापानी राजदूताबास प्रांगणमा बिद्यार्थी,सामाजिक कार्यकर्ता र अन्य सामान्य नागरिक गरि २० हजार सहभगीहरूले संयुक्त रुपमा आन्दोलनको १४ सय औं हप्ता आयोजना गरेका हुन् |
जापानी युद्धका बेला यौन दासी बनाइएका कोरियन महिलाहरुले क्षतिपुर्ती पाउनु पर्ने र जापानी सारकरले माफी माग्नु पर्ने शर्त राख्दै सन् १९९२ को जनवरीबाट शुरु गरिएको आन्दोलन १४ सय हप्ता अर्थात २७ वर्ष पुरा भएको छ |
बिरोध र्यल्ली हरेक बुधबार हुदै आएको छ | ‘एकदमै चर्को गर्मीमा पनि आजको आन्दोलनमा आउनु भएकोमा धन्यबाद दिन चाहन्छु, हामी विजय नभएसम्म लडी रहनेछौं ‘ कार्यक्रमलाई सम्बोधन गर्दै जापानी यौन दासत्वको शिकार बनेकी गिल वोन-ओकेले भनिन |
दोश्रो बिश्व युद्दताका २ लाख भन्दा बढी कोरियन महिलालाहरुलाई जबर्जस्त यौनदासी बनाइएको थियो \
गएको वर्ष दक्षिण कोरियाको अदालतले जापानी कम्पनीहरूलाई औपनिवेशिक युगमा जबरजस्ती श्रमबाट पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो।
बुधबार सहभागीहरूले जापानी सरकारसँग युद्दको बेला गरेका अपराधहरू स्वीकार्न र निष्कपट माफी दिन पनि आह्वान गरे।
पछिल्लो समय कोरिया र जापानबीचको सम्बन्ध बिग्रँदो अवस्थमा छ |
जापानले हालै दक्षिण कोरियाको निर्यातमा प्रतिबन्ध लगाएको थियो र विश्वव्यापी राष्ट्रहरूको ह्वाइटलिस्टबाट हटाएकाले कोरियामा जापानी प्रधानमन्त्री आवेलाई लक्षित गरि ‘नो आबे’ आन्दोलन भैरहेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस