राज्यका सबै विशेषाधिकार खोसिएको भारतको जम्मु–काश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको काश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।
काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरु छाला, हस्तकलाका सामान, पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथालो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । नयाँ बजारमा छालाको व्यापार गर्दै आएका काश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित इद मनाउन घर गएका थिए । संयोगवश त्यही दिन ७० वर्ष अघिदेखि विशेषधिकार प्राप्त राज्य काश्मीरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खारेज गरिदिएको यिो । अहिले उनीहरुको अत्तोपत्तो छैन । खान परिवार काश्मीरमा असुरक्षित महसुस भएर ३० वषर््देखि नेपालमा बस्दै आएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस