काठमाडौं-भारतको संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मीर राज्यको विशेष दर्जा समाप्त गरेपछि कश्मीरी जनता स्तब्ध बनेका छन् ।
स्वतन्त्र कश्मीरको आवाज उठाउने कश्मीरी विद्रोहीका लागि त यो झनै ठूलो झट्का बनेको छ । कश्मीरमा आतंकवादी गतिविधि बढेको ठान्ने भारतीय भने सरकारको निर्णयबाट खुसी भएका छन् ।
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा खोस्नुका साथै धारा १४४ लगाएपछि त्यहाँका जनता चार जनाभन्दा बढीको संख्यामा हिँड्नसमेत पाएका छैनन् भने संसारसँग उनीहरूको सम्पर्क टुटेको छ । सबै टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । लगातार दोस्रो दिन कश्मीरमा ‘लक डाउन’ जारी छ । स्कुल र व्यापारिक प्रतिष्ठानसमेत बन्द रहेका छन् भने सडकमा हजारौं सैनिक पहरा दिइरहेका छन् । स्थानीय नेतालाई हिरासतमा राखिएको छ ।
कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाइएपछि ठूलो विरोध हुने अनुमान गरिए पनि त्यस प्रकारले विरोध प्रदर्शनहरू भएका छैनन् । भारत सरकारको निर्णयपछि त्यहाँका जनताले कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्नेबारेमा केही जानकारी बाहिर आउन सकेको छैन ।
भारत र पाकिस्तान दुवैले दाबी गर्ने कश्मीर भारत र पाकिस्तानले बाँडेर लिएका छन् भने कश्मीरको केही भाग चीनतर्फ पनि छ । भारत प्रशासित कश्मीरमा लामो समयदेखि विद्रोह जारी छ । जसका कारण हजारौं निर्दोष कश्मीरी जनताले ज्यान गुमाएका छन् । भारत प्रशासित जम्मु कश्मीरभन्दा पाकिस्तान प्रशासित आजाद कश्मीर केही शान्त छ । चीनतर्फ रहेको कश्मीरको भूभाग खासगरी चर्चामै आउँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस