वासिङ्टन(रासस-एएफपी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।
अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो पहिलो आदेश हो । अमेरिकाले हाल उत्तर कोरिया, इरान, सिरिया र क्युवाकै हाराहारीमा भेनेजुएलालाई राखेको छ ।
राष्ट्रपति ट्रम्पको आदेशबाट भेनेजुएला सरकारको अमेरिकामा रहेको सबै प्रकारका सम्पत्ति प्रभावित हुनेछ । आदेशमा रोक्का गरिएको भेनेजुएलाको सम्पत्ति अन्यत्र सार्न, भुक्तानी गर्न, झिक्न वा अरु कुनै काममा लगाउन नपाइने उल्लेख छ ।
राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्न यसै वर्षको शुरुमा मुख्य विपक्षी नेता हुँवा गुएइदो आफैंले आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। तर सेनाको बलियो समर्थन पाउनु भएका राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्ने गुएइदो र अमेरिका समेतका केही मुलुकको प्रयास सफल हुन सकेन ।
राष्ट्रपति मदुरोलाई रुस र चीनजस्ता मुलुकको समर्थन रहेको छ भने गुएइदोलाई अमेरिका र युरोपेली युरोपेली मुलुकका केही देशको समर्थन छ ।
अमेरिका र युरोप समेतका मुलुकका साथै देशभित्रै बढेको विरोधका कारण हाल राष्ट्रपति मदुरो र विपक्षी गुएइदोबीच उपयुक्त राजनीतिक समाधान खोज्न वार्ताहरु भइरहेका छन् ।
यी वार्ताहरु नर्वे र बार्बाडोसमा भइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस