काठमाडौं : भारतको जम्मु–कश्मीर डर र अनिश्चितताको भुमरीमा रुमल्लिएको छ । अतिरिक्त सुरक्षाबल तैनाथ गरिएपछि मानिसहरू सडक र बजारमा भेला हुन छोडेका छन् । राज्य प्रशासनले धारा १४४ लगाएको छ । कश्मीरको विषयमा चर्चा गर्नका लागि केन्द्रीय मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३५क लाई खारेज गर्ने पृष्ठभूमि तयार पार्न लागिएकोले सन् १९९० पछिकै सबभन्दा ठूलो फौज तैनाथी गरिएको हो भनी हल्ला व्यापक चलेको छ ।
यसैबीच जम्मु–कश्मीरका विपक्षी नेताहरू उमर अब्दुल्लाह, मेहबूबा मुफ्ती र सजाद लोनलाई आइतवार मध्यरात घरैमा नजरबन्द गरिएको छ ।
श्रीनगरका जवाहरनगर, राज बाग र करण नगर क्षेत्रहरूमा अधिकांश पसल आइतवार दिनभरि बन्द भए जबकि बकरीद आउन एक हप्ता मात्र बाँकी छ । केही मानिस मात्र फाट्टफुट्ट बजारमा देखिए र तिनीहरू पनि लामो समयको अनिश्चितताको आशंकामा आवश्यक समानको जोहो गर्न मात्र निस्केका थिए । पेट्रोल पम्पहरूमा लामो लाइन लागेका कारण पेट्रोलको हाहाकार भएको छ ।
राज्य प्रशासनले सोमवार कर्फ्यु लगाउने योजना बनाइरहेको भनी अपुष्ट समाचारहरू आएपछि मानिसमा त्रास फैलिएको छ । प्रहरी र अर्धसैनिक बललाई कश्मीर उपत्यकामा उच्च सतर्क अवस्थामा राखिएको छ । आइतवार प्रहरी चौकीहरूलाई स्याटेलाइट फोन उपलब्ध गराइएको छ ।
आधिकारिक स्रोतहरूले भने पाकिस्तानको जासूसी संस्था आईएसआईले पृथकतावादी शक्तिहरूको मनोबल घट्दै जाँदा उनीहरूलाई उत्तेजित बनाउन आतंकवादी गतिविधिमा वृद्धि हुने सूचना पाइएकाले सुरक्षा बलको संख्या बढाइएको बताएका छन् ।
एजेन्सी( लोकान्तर)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस