सोल- दक्षिण कोरिया बिरुद्ध जापानले थप व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि दुई देशको सम्बन्धमा दरार आएको छ |
अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार जापानले आफु बिरुद्ध लगाइएको प्रतिबन्धले आर्थिक युद्ध छेडिएको आरोप दक्षिण कोरियाले लगाएको छ।
जापानले आफ्ना विश्वासिलो व्यापार साझेदारको सूचीबाट दक्षिण कोरियालाई हटाइदिएपछि दुई देशबीचको तनाव बढेको हो।
गत महिना जापानले दक्षिण कोरियाका प्रविधि कम्पनीहरूका लागि आवश्यक रसायनहरूको निर्यातमा बन्देज लगाइ दिएपछि तनाव बढेको थियो।
जापानी घोषणालगत्तै दक्षिण कोरियाले जापानविरुद्ध उस्तै नीति लिने घोषणा गरेको छ।
एक अर्काविरुद्ध व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि जापान र दक्षिण कोरियाबीचको व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएका छन्।
जापानी घोषणालगत्तै सोलले टोक्योलाई आफ्ना सबैभन्दा विश्वासिला व्यापारिक साझेदारहरूको सूचीबाट हटाइएको बताएको छ।
दक्षिण कोरियाकी विदेशमन्त्रीले जापानको कदमको निन्दा गरेकी छन् |
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले टोक्योका कदमहरू उनकै शब्दमा स्वार्थी र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस