एजेन्सी- उत्तर कोरियाले पछिल्लो एक सातामा आफ्ना क्षेप्यास्त्र प्रहारलाई तीव्रता दिएको छ । सोही क्रममा उत्तर कोरियाले शुक्रबार बिहानै पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।
उत्तर कोरियाले एक सातादेखि निरन्तर छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रति कडा विरोध जनाइरहेको छ ।
दक्षिण कोरियाको सेनाका जोइन्ट चिफ एप स्टाफ (जेसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान २ः५९ र ३ः२३ मिनेटमा गरिएका ती प्रहार सी अफ जापानमा खसेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला परीक्षण छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताउने गरेका छन् ।
बुधबार उत्तर कोरियाले परिक्षण गरेका दुई वटा क्षेप्यास्त्रले २ सय ५० किलोमिटर दूरी पार गरेको दक्षिण कोरियाले बताएको थियो । उसका अनुसार ती अघिल्ला भन्दा फरक खालका क्षेप्यास्त्र थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस