इस्लामावाद- पाकिस्तानमा सेनाको विमान बस्तीमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको छ।
त्यहाँका अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाको एउटा सानो विमान मंगलबार बिहान रावलपिन्डीनजिकै आवासीय क्षेत्रमा खसेको हो।
दुर्घटनामा विमानका चालक दलका ५ सदस्य र १२ सर्वसाधारण मानिसको मृत्यु भएको छ भने अरू १२ जना घाइते भएको बीबीसीले जनाएको छ।
पाकिस्तानी सेनाकाे विमान तालिमका लागि उडाइएको थियो। तर अचानक खसेपछि विमानमा आगो लागेको र केही घरहरूमा फैलिएको थियो।
राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ। दुर्घटनाको कारण खुल्न बाँकी छ।
शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ।
एक स्थानीय व्यक्तिका अनुसार घरहरूमा ठोकिनुअघि नै विमानमा आगो लागेको देखिएको थियो।
त्यहाँबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष देखिन्छ।-एजेन्सी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस