काठमाडौं-भारतको मुम्बई शहरमा भवन भत्किँदा १३ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै दशकौ पुरानो केशरभाई भवन भत्किन्दा सर्बसाधारण १३ को मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ |
वर्षाका भवनको संरचना कमजोर हुँदै गएको र उचित मर्मत नहुँदा सो घटना भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।
महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फर्णाडवेसले घटना प्रति दुस्ख जनाउँदै मृतकको परिवारलाई राज्य को तर्फबाट ५० लाख भारतीय रुपैया र घाइतेहरुको सम्पूर्ण खर्च सरकारले बेहोर्दै जनही ५० हजार भारतीय रुपैया दिने घोषणा गरेका छन् । सय वर्ष पुरानो वस्तीमा निर्मित उक्त भवन भित्र करिब ४० जना फसेका बताइएको छ ।
भवन भित्रबाट धेरैलाई उद्धार गरिएपनि अझै घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेको जनाएको छ । भवनबाट जीवितै मानिसहरुको उद्धार हुने आशा नरहेको भन्दै अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । मुम्बईमा १० दिनयता भवन भत्किएको यो दोस्रो घटना हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस