सोल- दक्षिण कोरियामा बैबाहिक भिसामा आउने बिदेशी महिला माथि घरेलु हिँसा अझै रोकिएको छैन | कोरियन पुरुषसंग बिबाह गरेर आउने बिभिन्न देशका महिलाहरु मध्ये ५० प्रतिशत घरेलु हिंसामा पर्ने गरेको एक प्रतिवेदनमा उल्लेख छ |
त्यहाँको राष्ट्रिय मानब अधिकार आयोगले गरेको अध्ययन अनुसार बिदेशी महिलाले बिभिन्न प्रकारको घरेलु हिँसा भोग्दै आएका हुन् |
आयोगले कोरियन पुरुषसंग बिबाह गरेर आएका विभिन्न देशका ९ सय २ जना बिदेशी महिला माथि गरेको अध्ययन अनुसार १० जना मध्ये ४ जना घरेलु हिँसामा पर्ने गरेका हुन् |
बिभिन्न देशबाट बिहे गरेर ल्याइएका ती महिलालाई कोरिय बसाइ कस्तो छ भनि सोधिएको प्रश्नमा १० जना मध्ये ४ जनाले पारिबारिक हिंसा(कुटपिट)भोगेको बताएको छन् |
आफु माथि हुने हिँसाको बयान दिंदै ती महिलाहरुले मुड्कीले हिर्काउने,खुट्टाले हान्ने, नराम्रो गाली गर्ने, हतियारले समेत चलाउने गरेको बताएका छन् |
पीडित मध्ये गालीगलौज भोग्ने ८१ प्रतिशत, कुटपिट ३८ प्रतिसत, हतियार २० प्रतिशत रहेका छन् | प्रतिवेदनमा अन्याय भोग्ने ३ जना मध्ये न्यायको लागि १ जनाले मात्र सहयोग माग्ने गरेको बताएको छन |
अन्य पीडित महिलाले भने न्याय माग्ने निकाय थाहा नपाएर उजुरी नगरेको बताए | कहिले भने ‘कोरियनहरु कोरियन कै पक्ष् लिन्छन भन्ने ‘ लागेर सहयोगको लागि पहल नगरेको बयान दिएका छन् |
घरेलु हिँसा पिडित बिबाहित प्रवासी महिला आकस्मिक हट लाइन सेवा भए पनि भाषाको कारण र श्रीमानले बदला लिने डरले उजुरी गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस