सोल-दक्षिण कोरियाका पूर्वविदेशमन्त्रीका छोरा भागेर उत्तर कोरिया पुगेका छन् । उनका बुबाआमा पनि यसअघि सन् १९८६ मा भागेर उत्तर कोरिया पुगेका थिए |
दक्षिण कोरियाका कुनै पनि नागरिक तथा उच्च ओहदाका व्यक्ति भागेर उत्तर कोरिया जाने विरलै हुने घटनामध्ये उनी कम्युनिस्ट मुलुक उत्तर कोरिया पुगेका हुन् ।
उत्तर कोरियाका भने धेरै मानिसहरु भागेर दक्षिण कोरिया पुग्ने गर्छन् । प्राविधिक रुपमा दुई कोरिया आज पनि युद्धको अवस्थामा छन् र कुनै पनि देशका नागरिकले अर्को देशमा जान सरकारको अनुमति लिनुपर्छ ।
चोए यो प्रतिबन्ध छल्न पहिले तेस्रो मुलुक गएर उत्तर कोरिया गएको हुन सक्ने विश्वास गरिएको छ । उत्तर कोरिया पुगेका दक्षिण कोरियाली नागरिक चोए इन–गुकले आफ्नो जीवन कोरियाली प्रायःद्वीपको एकीकरणका लागि बिताउने घोषणा गरेका छन् ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दक्षिणका पूर्वपरराष्ट्रमन्त्री चोए तोक–सिन र ¥यु मि–योङका छोरा चोए प्योङयाङ पुगेको पुष्टि गरेको छ । उनी उत्तर कोरिया जानुको कारणबारे अनुसन्धान हुने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । चोएले उत्तर कोरिया जान अनुमति नलिएको मन्त्रालयले जनाएको छ ।
उत्तर कोरिया पुगेका चोए ७३ वर्षीया दक्षिण कोरियाली नागरिक भएको बताइए पनि उनको व्यक्तिगत जीवन र राजनीतिक जीवनबारे निकै कम जानकारी छ । दक्षिण कोरियामा उनकी छोरी र श्रीमती रहेको बताइएको छ । उनका बाबुआमा कोरियाली युद्ध सकिएपछि भागेर उत्तर कोरिया जाने सबैभन्दा वरिष्ठ अधिकारी थिए ।
उत्तर कोरियाली अधिकारीहरुले चोएलाई फूलको गुच्छासहित प्योङयाङमा स्वागतका तस्बिरहरु सार्वजनिक भएका छन् । उनीहरु चोएको आगमनले निकै खुसी देखिएका थिए । उत्तर कोरियाको भूमिमा पाइला राखेपछि चोएले पहिले नै उत्तर कोरिया नआएकोमा पश्चाताप व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म स्थायी रुपमा उत्तर कोरियामा बस्न चाहन्छु ।’
बाबुआमा उत्तर कोरिया भागेका कारण उनको जीवन दक्षिण कोरियामा सहज नभएको र उनले विभिन्न आरोपहरुको सामना गर्नुपरेका कारण उनले दक्षिण कोरियाबाट उत्तर कोरिया नै जाने निर्णय लिएको हुन सक्ने बताइएको छ ।
उत्तर कोरियामा रहेकी आमाका लागि पैसा पठाउन उनले दक्षिण कोरियामा रहेको आफ्नो जागिर पनि पटक पटक फेर्नुपरेको थियो । उनकी आमाको १ वर्षअघि सन् २०१६ मा मृत्यु भएको थियो ।
उनका बाबु चोए तोक–सिनले सन् १९६० को दशकमा दक्षिण कोरियाको विदेशमन्त्रीको रुपमा सेवा गरेका थिए । सन् १९७० मा दक्षिण कोरियामा पार्क चुङ–हाईको नेतृत्वमा सैनिक शासन सुरु भएपछि उनी अमेरिका पलायन भएका थिए । त्यसपछि सन् १९८६ मा उनी उत्तर कोरिया गएका थिए । उनीहरुले आफूहरु भाग्दा आफ्ना ५ जना छोराछोरी दक्षिण कोरियामा छाडेका थिए । चोएका बाबु चोए तोक–सिनको सन् १९८९ मा निधन भएको थियो ।
उत्तर कोरियाली भूमि पुगेका चोएले उत्तर कोरियाली नेताहरु किम इल–सुङ, किम जोङ–इल र किम जोङ–उनको प्रशंसा गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस