सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली भुमी टेक्ने पहिलो अमेरिकी राष्ट्रपति भएका छन् |
जापानमा भएको जी ट्वेन्टी सम्मेलन सकेर दक्षिण कोरिया भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार उत्तर कोरियाली नेता किम जोङ्ग उनले दुई कोरियाबीचको असैनिक क्षेत्रमा स्वागत गरेका हुन् |
दुइ कोरियाको सिमानामा रहेको गाउँलाई स्वतन्त्र घर भनिएको छ । त्यहाँ उनीहरूको भेट भएको हो । किमसँगको भेटमा ट्रम्पले भने, ‘यो भूमिमा पाइला टेक्दा गौरव अनुभव भएको छ । यो संसारका लागि एक महान् दिन हो ।’
किमले पनि खुसी व्यक्त गर्दै भने, ‘विगतको दुर्भाग्यलाई समाप्त गरी नयाँ भविष्यको ढोका खोल्ने समयका रूपमा यो भेट भएको छ ।’
ट्रम्पले भेटमा आफूले किमलाई अमेरिका भ्रमण गर्न निम्तो दिइरहेको बताए । किमले उचित समयमा उत्तर कोरियाली राजधानीको भ्रमण ट्रम्पले गरे त्यो आफूहरूका लागि सम्मानको विषय हुने अनुवादकमार्फत भन्न लगाएका थिए ।
सन् १९५३ मा कोरियाली युद्धयता पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले युद्धविराम लाइनको भ्रमण गरेका थिए । जर्ज एच डब्लू बुसले उपराष्ट्रपतिका रूपमा भ्रमण गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस