सोल- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको सिमानामा दुई नेताको भेट भएको छ। जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ।
जी-२० शिखर सम्मेलनको लागि जापानको ओसाका र त्यो सकेर दक्षिण कोरियाको राजधानी सोल पुगेका ट्रम्पले आइतवार उत्तर कोरियाली नेता किमलाई कोरियाली सिमाना पार गरेर नै भेट्न पुगेका हुन्।
उनी उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बन्न पुगेका छन्।
दुई नेताहरूबीचको एक वर्ष र केही बढीको समयको अन्तरालमा भएको यो तेस्रो आमनेसामने भेट हो। उनीहरूबीचको भेट सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्रायद्वीपको त्यस्तो क्षेत्रमा भएको छ जुन युद्धका कारण प्राय तनावग्रस्त रहँदै आएको थियो।
ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेपछि हतारहतार आयोजना गरिएको भेटका क्रममा दुई नेताले दुई कोरियाबीचको सिमा रेखामा आपसमा हात मिलाए। त्यसपश्चात ट्रम्प केही बेरका लागि उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिए जुन क्षणलाई दुई देशबीचको कूटनीतिको साङ्केतिक कोसेढुङ्गो मानिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस