काठमाडाैं-उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको छ |
बीबीसीका अनुसार अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना मिथ्या भएको पुष्टि भयो।
फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।
नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ।
हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ।
सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४:४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस